खेतमा डुबेर एक पुरुषको मृत्यु

तनहुँ।निरन्तर वर्षा भइरहँदा खेतमा पानी लगाउन गएका एक पुरुषका शव डुबेको अवस्थामा फेला परेको छ ।
शुक्लागण्डकी नगरपालिका वडा न ८ का ५८ भोजबहादुर विकको शव बिहीबार आज खेतमा डुबेको अवस्थामा फेला परेको हो । हिजो वर्षा भइरहेको समयमा राति खेतमा गएका विकको शव जागृति टोलको खेतमा स्थानीय देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले खेतमा लडेपछि डुबेर मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको बताउनुभयो । मृतकको शव पोष्टपार्टमका लागि दमौली अस्पताल पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्