तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ : बाढी–पहिरोमा परि घाइते भएका ४ जनाको उद्धार

तनहुँ।अविरल वर्षापछि आएको पहिरोमा परि तनहुँको शुक्लागण्डकी नगरपालिका १० मा ४ जना घाइते भएका छन् । घर माथिबाट आएको पहिरोमा परि सिम्लेका तीन र खोरादीमा १ जना पुरिएका थिए । उनीहरूको उद्धार गरी पोखरा उपचारका लागि पठाइएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

पहिरोमा परि घाइतेहुनेहरुमा सिम्लेका खगिमाया भुजेल सहित उहाँका दुई नातिहरू विवेक र विज्ञान रहेका छन् । यस्तै खोरादीका ५४ भविलाल विकलाई उद्धार गरी अस्पताल पठाइएको छ । बाढीले केही मिटर तलसम्म बगाएका विकलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

यस्तै सोही स्थानका गोपाल महतको गोठ पहिरोले पुरिँदा दुई वटा भैँसी र १० वटा बाख्रा पुरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।सिम्लेमा राम बहादुर महत, शिव माकिम, लक्ष्मी थापा, श्रीमाया माकिमको घर पहिरोका उच्च जोखिममा परेपछि परिवारलाई अन्यत्र सारिएको युवा नेता गोविन्द महतले जानकारी दिनुभयो। महतका अनुसार उनीहरूको सामान सुरक्षित रुपमा सारिएको छ भने अहिले सो क्षेत्रमा नेपाली सेना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button