तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा छाब्दी खोलाले बुद्धसिंह मार्गको व्यास १ र १३ जोड्ने पक्की पुल बगायो

तनहुँ । तनहुँस्थित छाब्दी खोलाले पक्की पुल बगाएको छ । तनहुँको व्यास १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको हो ।

बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको छ ।

छाब्दी खोलामा गए राती आएको बाढी पुल बगाएको स्थानीय अम्मर भण्डारीले बताउनभयो । पुल बगाएसँगै बुद्ध सिंह मार्ग, केशवटार मार्गका सवारी सञ्चालनमा अवरोध आएको छ । आसपासका घरहरू समेत जोखिममा रहेका छन् ।

बेलबास, पोखरीभञ्ज्याङ् , बेनिकोट, गुदि लगायतका स्थानीयलाई दैनिक आवतजावतमा समस्या हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button