तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, पहिरो हटाइँदै

This image has an empty alt attribute; its file name is received_214381780551295-1024x768.jpeg

तनहुँ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको व्यास–१२ छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गको दमौली–डुम्रे सडक खण्डमा ४–५ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ’बिहान साढे ३ बजेदेखि अवरुद्ध भएको सडक अझै पहिरो हटाउने काम भइरहेको छ ।’ दुवै तर्फबाट जेसिबिले अहिले पहिरो हटाइरहेको प्रहरी नायव उपरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

गए रातीदेखि परेको अविरल वर्षामा कारण उक्त स्थानमा पहिरो गएको हो । अझै पहिरो हटाउन समय लाग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button