कृषकलाई कृषि उपकरण वितरण

विराटनगर । १८ औ राष्ट्रिय धान दिवसको अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई विराटनगरले कृषकलाई कृषि उपकरण वितरण गरेको छ ।
मोरङको रतुवा माई नगरपालिका–४ स्थित पैयामारीमा सो परियोजनाले कजला कृषक समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो ।
परियोजनाले सो ठाउँमा २२ विघा क्षेत्रफल जग्गामा चकला वन्दी कार्यक्रम अन्तर्गत धान खेती सुरु गरेको छ । कार्यक्रममा महिला र पुरुष गरी डेढ सयभन्दा बडी किसान समूहमा आबद्ध छन् ।
समूहमा आबद्ध किसान समूहलाई ११ थान पानी तान्ने मटर, २ थान धान रोप्ने हाते मेशिन, १० थान स्प्रे मेशिन, पावर टिलर मेशिन तथा घाँस तथा धान काटने हाते मेशिन र डिजिटल तराजु वितरण गर्नुका साथै ६ स्थानमा वोडिङ जडान तथा ६ वटै स्थानमा मोटर घर निमार्ण गर्ने व्यवस्था मिलाएको परियोजना कार्यान्वयन इकाई कार्यालय विराटनगरका प्रमुख विनोद कुमार मण्डलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्