तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज नगर क्षेत्र डुबानमा, भेडाहा खोलाले सयौँ बिगाहा धान खेती डुबायो, हुलाकी राजमार्ग अवरुद्ध

वीरगन्ज । विगत केही दिनदेखि आएको अविरल वर्षाको कारण पर्साको ग्रामीण क्षेत्रसहित वीरगंजको नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै सिर्सिया नदीको पानी निकास नहुँदा आदर्श नगर तथा रानी घाटमा डुबान हुने गरेको छ भने नालाको उचित व्यवस्था नहुँदा बीरगंजको मिथिला नगर, भिष्वा, लक्ष्मणवा, नगवा, बसपार्क क्षेत्र डुबानमा परेको छ ।

डुबानका कारण नगर क्षेत्रका सयौँ घरहरूमा पानी पसेको छ ।

यता वर्षापछि आएको बाढीले हुलाकी सडक खण्डको विभिन्न स्थानमा कटान हुँदा हल्का सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएको छ ।

त्यसै गरी पर्साको भेडाहा खोलामा आएको बाढीले वीरगन्ज महानगरपालिकामा सयौँ बिघा धान खेत डुबानमा पारेको छ ।

आज बिहान परेको पानीसँगै खोलामा आएको बाढीले महानगरको सयौँ बिघा खेतमा लगाइएको धान बाली डुबानमा पारेको हो ।

खोलामा आएको बाढीले महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा, प्रसोतीपुर, वडा नम्बर ३१ बेल्वा पस्दा धान खेती डुबानमा पारेको स्थानीय रामाकान्त चौधरीले जानकारी दिनुभयो ।

खोलामा आएको बाढीले रोपिसकेको धान बाली डुबानमा पारेपछि बाली नष्ट हुने चिन्ताले किसानहरूलाई सताएको चौधरीले बताउनुभयो ।

भेडाहा खोलामा बर्सेनी वीरगन्ज महानगरपालिकाले बाध निर्माणका लागि लाखौँको बजेट खर्च गर्ने भए पनि माटो मात्रैको बाँधले समस्या समाधान नहुने चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button