तपाईँ सुन्दै हुनुहुन्छः

देशभरि २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट २ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । 


७ हजार १ सय ८७ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ८ सय ८९ जना तथा ४ हजार ३ सय ८१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार ३ जना गरी जम्मा २ हजार ८ सय ९२ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 


यसैगरी गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ४७, ललितपुरमा १ सय ८९ र  काठमाडौँमा ४ सय ३६ जना रहेका छन् । 


देशभरबाट गएको २४ घण्टामा ३ हजार ५ सय ९७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
देशभरि आज कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार १ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button