तपाईँ सुन्दै हुनुहुन्छः

बारा सर्पले टोकेर एक युवकको मृत्यु

बारा । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।

सर्पले टोकाइबाट हेटौँडा उपमहानगरपालिका वडा नं.१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

उनी निजगढ नगरपालिका– १३ डम्मरपुरस्थित मामा घरमा बस्दै आएका थिए ।

बुधवार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button