तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश कानुन मन्त्री जोशीद्वारा जिल्ला कारागारको अनुगमन

कैलाली ।सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीले कैलाली जिल्ला कारागारको अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनको क्रममा कारागारलाई सुधार गृह बनाउने बताउनुभयो । कैदी बन्दीलाई आयआर्जनमा समेत लगाउने मन्त्री जोशीले आश्वासन दिनुभएको छ ।

‘कैदीबन्दीहरुलाई खाली समयमा सिपमूलक तालिमहरू प्रधान गर्न योजना छ ’ उहाँले भन्नुभयो , ‘प्रदेशका ९ वटै जिल्ला कारागारहरूको अनुगमन गछौँ ।’जीर्ण बन्दै गइरहेको कैलाली कारागार सुधारका लागि बजेट समेत विनियोजन गरेको उहाँले बताउनुभयो।

सन १९८१ सालमा १५० जना क्षमताको रुपमा निर्माण गरिएको कैलाली कारागारमा अहिले ४८४ जना कैदी बन्दी रहेका छन् ।क्षमता भन्दा तीन गुण बढी कैदी बन्दी हुँदा यहाँ निकै समस्या भइरहेको छ । मन्त्री जोशीले सबै समस्याको समाधानको लागी पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button