बिक्री नभएपछि धानसँग प्याज साटफेर गर्दै सल्यानका किसान

सल्यान।सल्यानमा किसानहरूले उत्पादन गरेको प्याज बिक्री नभएपछि धानसँग साटन बाध्य भएका छन् । व्यावसायिक प्याज खेती गर्दै आइरहेका किसानहरू प्याज बिक्री नभएपछि सस्तोमा धानसँग साट्न बाध्य भएका हुन ।
यो वर्ष झन्डै ३० क्विन्टल प्याज उत्पादन भएको भए पनि अझै ५ क्विन्टल प्याज बिक्री हुन नसकेको बनगाड कुपिण्डे नगरपालिका १ नाम्राका किसान नवराज केसीले बताउनुभयो । बिक्री पनि नहुने, राख्नलाई पनि ठाउँ नभएपछि धानसँग प्याज साट्दै आइरहेको उहाको भनाई छ । उनले भने ‘पैसाले बिक्री हुँदैन, धान सस्तो भए पनि धानसँग प्याज साट्न बाध्य छौँ ।’
एक दुई क्विन्टल मात्र प्रतिकिलो ५० का दरले प्याज बिक्री गरेको उहाको भनाई छ । घरमा राख्ने ठाउँ नहुने र राखेको प्याज पनि कुहिने भएकाले धानसँगै भए पनि साट्ने गरेर्को उहाले बताउनुभयो । धान र प्याज बराबर गरेर साटफेर गर्ने गरेको केसीले बताउनुभयो। उहाले भने ‘एकै पटक ३० /३५ क्विन्टल हुने भएकाले घरमा राख्ने ठाउँ पनि हुँदैन । घरमा राख्ने हो भने पनि कुहिएर फाल्नु पर्ने भएकाले धानसँगै साट्दै आइरहेका छौँ ।’
५० क्विन्टल प्याज उत्पादन गरेकी कोकिला वि.क.ले पनि बिक्री नभएपछि धानसँगै साटेको बताउनुभयो। कोरोना भाइरसका कारण गाडी र बजार सबै बन्द भएपछि सस्तोमा प्याज बेच्नु परेको उहाले बताउनुभयो। उहाले भनुभयो ‘गाउँमा सबैभन्दा बढी मैले उत्पादन गरेकी हुँ । १ सय २० बोरी प्याज भएको थियो सबै धानसँग साटफेर गरे । अब ५ /६ क्विन्टल मात्र होला घरमा ।
गत वर्ष प्याज कुहिएर आम्दानी शून्य भयो यो वर्ष बिक्री नभएर समस्या भएको बताउँदै वि.कले प्याजबाट जीविकोपार्जन गर्दै आइरहेकोमा दैनिक गुजारा चलाउन समस्या भएको बताउनुभयो।नाम्राका ६० परिवारले व्यावसायिक प्याज खेती गर्दै आइरहेका छन् । १ सय ३० रोपनी भन्दा बढी क्षेत्रफलमा नाम्राका किसानले व्यावसायिक प्याज खेती गर्दै आइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्