अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा भएको आगलागी नियन्त्रण

काठमाडौँ।काठमाडौँ महानगरपालिका ४ पनीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा असार १५ गते भएको आगलागी नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएको छ ।
विद्युतीय तार सर्ट भई आगलागी भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण निलवाराही काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वारा काठमाडौँ, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्म काठमाडौँ र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जुद्ध वारुण यन्त्रबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको हो ।
सो आगलागीमा परी उक्त अस्पतालका सुरक्षा गार्ड दुर्गा पौडेल, निर्माण मजदुर नन्दलाल पण्डित, समिता तामाङ र विमला सुनार घाइते भएको बताइएको छ। घाइते व्यक्तिहरूको उपचारको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । उक्त आगलागीबाट करिब २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्