तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा

स्याङ्जा । स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय  स्याङ्जाले आज सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो । 

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button