तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा बारा र रौतहटका २ कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीर गन्जको नारायणी अस्पतालमा आज उपचारको क्रममा बारा र रौतहटका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर १४ डुमरवाना निवासी ७४ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिनुभयो । 

असार ७ गते अस्पताल भर्ना भएका पुरुषको आज बिहान पोस्ट कोभिडको कारण निधन भएको डा. सिंहले बताउनुभयो । 

त्यसैगरी नारायणी अस्पतालमा उपचारको क्रममै आज अपराह्न रौतहटको हर्साहा ४ निवासी ३३ बर्षिया महिलाको मृत्यु भएको छ । 

जेठ २४ गते भर्ना भएकी महिलालाई कोरोना सङ्क्रमणको कारण उच्च निमोनियाले फोक्सो काम गर्न नसक्ने अवस्थामा पुगेको र उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको अस्पतालको कोभिड संयोजक डा. सिंहले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button