तपाईँ सुन्दै हुनुहुन्छः

विविध कार्यक्रम गरी धान दिवस मनाइयो

काठमाडौँ । अठारौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव नेपालभर धान रोपाइ गरेर मनाइएको छ ।


कृषि तथा पशुपक्षी विकास मन्त्री वसन्तकुमार नेम्वाङले आधुनिक मेसिन र परम्परागत रूपमा धान रोपेर धान दिवसको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।  


समारोहमा मन्त्री नेम्वाङले खाद्य तथा पोषण सुरक्षाका लागि धान चामलको अति नै महत्त्व रहेको उल्लेख गर्दै यसको प्रवर्द्धन जरुरी रहेको औँल्याउनुभयो । उहाँले अनुसन्धान, यान्त्रीकरण र आधुनिकीकरणको माध्यमबाट धानको उत्पादकत्व वृद्धि गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । 
धानको उत्पादन, बजारीकरण र भण्डारण व्यवस्थित गर्ने गरी सरकारले नीतिगत व्यवस्था गर्दै समय सापेक्ष सुधार गर्दै अघि बढ्नु आवश्यक भएकोमा मन्त्री नेम्वाङले जोड दिनुभयो । 


कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले किसानको घरदैलोमा अनुसन्धान पुर्‍याउन नसके धानको उत्पादन बढाउन चुनौती हुने उल्लेख गर्नुभयो । 


नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । 

मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा ९६ लाख मेट्रिक टन खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button