सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु
सप्तरी । सप्तरीमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको राजविराज नगरपालिका–१० कमलपुरका शिव नन्दन खंगका ६ वर्षीय छोरा सचिन्द्र भनिने अनुज कुमार खंगको करेन्ट लागेर आज मङ्गलवार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरका सदस्य धान रोप्न गएको बेला बालकलाई करेन्ट लागेको थियो । मृतक बालकको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्