जोखिममा रहेका बालबालिका तथा परिवारलाई खाद्यान्न सामाग्री वितरण

बझाङ । बझाङ जिल्लामा सञ्चालित वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
जिल्लाको जय पृथ्वी नगरपालिकाका २ वटा वडा, केदारस्युँ गाउँपालिकाका ४ वडाका कोभिड १९ बाट प्रभावित घरधुरीहरूलाई खाद्यान्न वितरण गरिएको हो ।
वर्ल्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा केदारस्युँ गाउँपालिकाको वडा नम्बर ३,६, ७ र ८ मा ३ सय परिवार, जय पृथ्वी नगरपालिका वडा नम्बर ११ र ३ मा गरी १ सय पचास घरधुरीलाई प्रतिव्यक्ति ३० केजी जिरा मसिना चामल, ३ किलो दाल, तेल, २ लिटर चिनी २ किलो, नुन २ किलो, हात धुने साबुन ४ वटा गरी प्रतिव्यक्ति ३ हजार ३ सय ३३ रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
प्रगतिशील युवा समाज र वर्ल्ड भिजनले गाउँपालिका सँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठुलो मात्रामा स्वास्थ्य सामाग्रीहरू लगायत विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा हरेक शनिबार पढाई शिविर समेत गर्दै आएको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्