तपाईँ सुन्दै हुनुहुन्छः

चार दुग्ध उद्योगमाथि कारबाही

धादिङ । धादिङका चार दुग्ध उद्योगमा अनुगमन गरी कारबाही  समेत गरिइएको छ ।

जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले  संयुक्त रुपमा आज विभिन्न चार दुग्ध उद्योगको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ । 


अनुगमन टोलीले पशुपति दुग्ध उद्योगलाई रु १० हजार,  एन के दुग्ध उद्योगलाई  रु १५ महांकाल  दुग्ध उद्योगलाई रु  १० हजार र खनाल दुग्ध उद्योगलाई  रु १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  


उहाँका अनुसार ती उद्योगका उत्पादन स्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमति पत्र नलिएको भेटिएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button