तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा कोरोना सङ्क्रमणका कारणले दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषामा कोरोना सङ्क्रमणका कारणले दुई जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका वडा नंं ७ का वर्ष ५० का पुरुष तथा जनकपुरधाम उपमहानगरपालिका वडा नंं २० का वर्ष ४५ की महिला रहेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समिति धनुषाका सम्पर्क व्यक्ति एवं जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।


विगत केही दिनदेखि जनकपुरधामको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुवै जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो पटक मृत्यु भएका दुई जनासँगै जिल्लामा मृतकको सङ्ख्या १ सय ३२ जना पुगेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  


यसैगरी आज ४७ जनाको पि सि आर परीक्षण गर्दा ८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो पटक थप भएको कोरोना सङ्क्रमितसँगै धनुषा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ७ जना पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button