नदिमा डुबेर बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । बेल्डाडी गाउँपालिका ५ झिलमिलास्थित चाधर नदीमा नुहाउने क्रममा डुबेर बेल्डाडी १ का १५ वर्षीया करन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका सुनार करिब २५ फिटको दुरीमा काठ र तारको जालीमा फसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्