कैलालीमा जारी निषेधाज्ञा २२ गतेसम्म थप

धनगढी । कैलालीमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले असार २२ गते सम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो ।
कोरोना संक्रमण दरमा कमी आएसँगै जनजीवनलाई क्रमशः सामान्य बनाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउन निषेधाज्ञा केही खुकुलो पारिएको उहाँले बताउनुभयो ।
यसै गरी जिल्लाभर सार्वजनिक तथा निजी सवारीका साधन सिट क्षमता अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी जोर बिजोर प्रणालीमा सञ्चालन गर्न तथा बजार पसल बिहान ६ बजे देखी बेलुकी ६ बजेसम्म खोल्न सकिने भनिएको छ ।
साथै भिडभाड हुने सभा, गोष्ठी, जीमखाना, फुटसल, सैलुन, पार्टी प्यालेस, खेलकुद, शैक्षिक संस्था बन्द रहने स्थानीय प्रशासनले जनाएको छ ।
कैलालीमा सरकारी कार्यालय, वित्तीय क्षेत्र भने अघि देखि नै सञ्चालनमा आएका थिए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कैलालीमा वैशाख १६ गते देखी निषेधाज्ञा जारी रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्