फुङलिङमा हप्ता दिनमा ४ सङ्क्रमितको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा पछिल्लो एक हप्तामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सोमबार राति फुङलिङ नगरपालिका २ का ५२ वर्षीय भिमा देवी दाहालको मृत्यु भएको हो । दाहाललाई उपचारको क्रममा गए राति कोरोनाले एक्कासि हृदयघात गराएपछि मृत्यु भएको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो ।
यता संक्रमण पछि उपचार क्रममा धरान हुँदै कोभिड अस्पताल पुर्याएका फुङलिङ नगरपालिका वडा ४ तोक्मेका नारायाणसिंह मादेनको कोभिडले ज्यान गएको छ । सोमबार बेलुका घर ल्याएको उहाँको शवलाई नर्सरी घाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ । फुङलिङ नगरपालिका ३ र ८ मा पनि एक एक महिलाको कोरोना सङ्क्रमणले नै ज्यान गएको परिवारले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्