तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभा बैठक असार १७ गते बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक असार १७ गते दिउँसो ३ बजे बस्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि बैठक आव्हान गरिएको हो । 

यही असार १ गते बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि करिब ५७ अर्बको बजेट ल्याएको थियो । असार १७ गते दिउँसो ३ बजे बस्ने बैठकमा बजेट माथिको छलफल हुने प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button