मौरी पालक किसानलाई ५० प्रतिशत अनुदानमा घार र मह भण्डारण गर्ने बाल्टी वितरण

चितवन । कालिका नगरपालिकाले मौरी पालक किसानलाई ५० प्रतिशत अनुदानमा मौरीको घार र मह भण्डारण गर्ने बाल्टी वितरण गरेको छ ।
नगरपालिकाले ३८ जना किसानलाई ४ लाख १ हजार २५० रुपैयाँ बराबरको मौरीको घार र मह भण्डारण बाल्टी वितरण गरेको हो ।
१२ जना किसानलाई ९० थान मौरी घार र २६ जना किसानलाई ५०० थान मह भण्डारण बाल्टी प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले कृषकलाई मौरी घार र बाल्टी खरिदमा २ लाख ४३ हजार ७५० सहयोग गरेको हो भने बाँकी रकम कृषकले भुक्तानी गरेको हो।
नगरप्रमुख खुमनारायण श्रेष्ठले मौरी पालक कृषकलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित आवश्यक सामाग्री सहयोग गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नं। ३ का अध्यक्ष टिकाराम रिजाल, समाजसेवी रामध्वज डल्लाकोटी, मिलीजुली मौरी पालन सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्तबहादुर लामालगायतको सहभागिता रहेको थियो।








प्रतिक्रिया राख्नुहोस्