तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटन मुद्दाः नायब महान्यायाधिवक्ता पाण्डेको बहस सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारकी पक्षकै बहस सुरु भएको छ । आज नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले बहस सुरु गर्नुभएको छ ।

नायव महान्यायाधिवक्ता पाण्डेले दुई घण्टा बहस गर्नुहुनेछ । उहाँले राष्ट्रपतिले दुवैको दाबी अस्वीकार गर्न मिल्ने नमिल्ने सम्बन्धमा नेपालको संविधानमा भएका व्यवस्थाको विश्लेषण गर्नुहुनेछ । साथै, नेपालको संविधानको धारा ७६ को सरकार गठनमा ह्विप लाग्ने नलाग्ने र फ्लोर क्रससम्बन्धी अन्य देशको व्यवस्थाको बारेमा व्याख्या गर्नुहुनेछ ।

सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहसको गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राख्नुभएको थियो ।

महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै हुनुहुन्छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button