तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर लामिछाने द्वारा पहिरा प्रभावितलाई सहयोग

सिन्धुपाल्चोक । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउनका लागि आवश्यक सामाग्री सहयोग गर्नुभएको हो । 


सोमबार चौतारा पुगेर सो सहयोग जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामाग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत ४ लाख बराबरका सामान छन् । 


प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद् व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिनुभयो ।


त्यसैगरि लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button