तपाईँ सुन्दै हुनुहुन्छः

भोलि (असार १५ गते) देशभर धान रोपाइ दिवस मनाइने

काठमाडौँ । नेपालको प्रमुख खाद्यान्न बाली धानको रोपाई लाई प्रोत्साहन गर्ने असार १५ गते देशभर धान रोपाइ दिवस मनाइने भएको छ ।
कोरोनाको महामारीका बिच भिडभाड नगरी सामाजिक दुरी कायम गरेर र सरकारका स्वास्थ्य मापदण्ड समेत पालना गरेर सामान्य रूपले रोपाई दिवस मनाउन लागेको कृषि विभागले जनाएको छ ।


असार १५ लाई नेपालीहरूले मानो रोपेर मुरी पलाउने दिनको रुपमा मानेर रोपाइ गर्ने गर्दछन् । असार १३ गते साँझसम्म देशको धान रोप्न योग्य क्षेत्रफल मध्ये २७ प्रतिशत भूभागमा धान रोपाई सकिएको कृषि तथा पशु पंन्छि विकास मन्त्रालयले जनाएको छ ।


मध्य पहाडी भूभागमा असार १५ गते सम्ममा करिब करिब धान रोपाई सकिने र तराईमा भने साउनको मसान्तसम्म पनि धान रोपाई जारी रहने मन्त्रालयले उल्लेख गरेको छ ।


मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले यस बर्ष समयमा बर्ष भएको र पहाडी क्षेत्रमा समेत पर्याप्त बर्ष भएकोले विगतमा धान नै नरोप्ने स्थानमा पनि यस पटक धान रोपाई भएकोले चालु बर्ष भन्दा आगामी बर्ष धान रोपाइँको क्षेत्रफल सामान्य रूपले बढ्ने अनुमान गरिएको बताउनु भयो । 
यस बर्ष सरकारले तराइका २२ जिल्लाहरूमा भूउपग्रह मार्फत धान रोपाइँको क्षेत्रको तस्बिर लिएर ग्लोबल पोजिसनिङको माध्यबाट लिएर धान रोपाइको क्षेत्रफल पहिल्याउने तयारी भएको पनि प्रवक्ता घिमिरेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button