तपाईँ सुन्दै हुनुहुन्छः

सहिद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट गर्ने निर्णय

file photo

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट गर्ने निर्णय गरेको छ ।


सोमबार ए डिभिजन लिग क्लबका प्रतिनिधिहरूसँग बसेको बैठकले लिग असोजबाट गर्ने निर्णय गरेको हो । खेलाडी दर्ता भने अर्को महिनादेखि मात्र खुला हुनेछ । राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहँदा ए डिभिजन लिगका लागि भने यी खेलाडी तयारीमा उपलब्ध हुने छैनन् । राष्ट्रिय टोलीका खेलाडीले साफ च्याम्पियनसिप पछि मात्र क्लबबाट खेल्नेछन् ।


साफ च्याम्पियनसिप यसअघि १४–२५ सेप्टेम्बरलाई तोकिएको भए पनि मिति केही अघि सार्ने साफको तयारी छ । साफले अगस्टको अन्तिम साता प्रतियोगिता सुरु गरेर सेप्टेम्बर पहिलो सातामा प्रतियोगिता समापन गर्न सदस्य राष्ट्रहरूलाई प्रस्ताव गरेको छ । यसबारे केही दिनमा नै औपचारिक निर्णय आउने बुझिएको छ ।


ए डिभिजन क्लबहरूले खेलाडी अनुबन्धमा पनि बिस्तारै तदारुकता देखाउँदै आएका छन् । गत वर्ष कोरोना भाइरसका कारण डिभिजन लिग भएन । यस पटक नेपाल सुपर लिग (एनएसएल) को आगमनसँगै ए डिभिजन क्लब र एन्फामाथि दबाब परेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button