तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सुन र दस लाखको चेकसहित तीन जना पक्राउ

कैलाली । कैलालीको अत्तरिया बजारबाट प्रहरीले आज अवैध सुन, नगद तथा १० लाखको चेकसहित तीन जनालाई पक्राउ गरेको छ । 


विशेष सूचनाका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका ४ का सचिन सोव, वडा नं ३ का दीपेन्द्र विक र डडेलधुराको अमरगढी नगरपालिका ५ का सुरज घतानेलाई पक्राउ गरिएको र उनीहरूबाट १ सय ८७ ग्राम ८८० मिलिग्राम सुन, ४ हजार नगद, १० लाखको चेक र मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


पक्राउ परेकामध्ये सोव धनगढी स्थित ओम सुनचाँदी पसलका सञ्चालक रहेको बताइएको छ ।


बरामद सामानसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button