तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा सर्लाहीकी महिलाको पोस्ट कोभिडको कारण मृत्यु

बीरगंज । कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएर पनि पोस्ट कोभिडको कारण वीरगन्जको नारायणी बयोधा अस्पतालमा उपचाररत एक महिलाको आज अपराह्न मृत्यु भएको छ । 


सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर १२ निवासी ३६ वर्षीया विनीता मगर उच्च ज्वरो, रुघाखोकीबाट ग्रसित भई गत जेठ २८ गते वीरगन्जको नारायणी बयोधा अस्पतालमा भर्ना भएकोमा उनको असार १ गते परीक्षणको क्रममा पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

 
उच्च निमोनिया र ज्वरोको कारण ग्रसित मगरलाई अस्पतालको आइसियु वार्डमा राखी उपचार भइरहेको अवस्थामा स्वास्थ्यमा सुधार आएको र असार १२ गते पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आएपछि पनि उनको स्वास्थ्य पुनः बिग्रिएको र आज अपराह्न उपचारको क्रममा महिलाको मृत्यु भएको पटेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button