१७ लाखको कम्प्युटरको सामान बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले अवैध रुपमा राजस्व छली रक्सौलबाट वीरगंज तर्फ ल्याउँदै गरेको अवस्थामा १७ लाख मूल्य भन्दा बढीको ७८ पिस डेल कम्प्युटरको सिपियु सहित अन्य इलेकट्रोनिक सामान बरामद गरेको छ ।
गए राति वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडक खण्डबाट ५/७ जना अज्ञात व्यक्तिहरूले रक्सौलबाट भन्सार छली ल्याई रहेको अवस्थामा कम्प्युटरको सिपियु, सहित अन्य पार्टस तथा इलेक्ट्रिक सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
प्रहरीको गस्ती टोलीलाई देख्नासाथ तस्करहरू सामान छाडेर फरार भएको र बेवारिसे अवस्थामा बरामद गरिएको कम्प्युटर पार्टस थप कारबाहीका लागि वीरगंज भन्सारमा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्