राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा कञ्चनपुर जिल्लामा वृक्षारोपण

कञ्चनपुर । राष्ट्रिय वृक्षारोपण दिवस २०७८ का अवसरमा कञ्चनपुर जिल्लामा वृक्षारोपण गरिएको छ ।
सवडिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको आयोजनामा सोमबार पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमवस्तीमा रहेको सिद्धादेवी सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादुर धामी, प्रदेश सभा सदस्य महेश दत्त जोशी, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा, लाल झाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, उद्योग, पर्यटन, बन तथा वातावरणका प्रदेश सचिव यज्ञनाथ दाहाल सहित जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा लोपोन्मुख प्रजातिको बिरुवा विजयसाल सहित टिक, मसला, अमला, बडहर तथा डालेघाँस प्रजातिमा बिरुवा रोपिएको सवडिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभएको छ ।
वृक्षारोपण पछि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सचिवले बनजंगल संरक्षणमा जोड दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्