अछाममा असार २१ गतेसम्म निषेधाज्ञा थप, केही खुकुलो पारियो
अछाम। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट सञ्चालन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञाको अवधि सोमबार राती १२ बजेदेखि सुरु भई असार २१ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।
पछिल्लो केही दिन यता जिल्लामा कोरोना सङ्क्रमणको दर घटे पनि भारतबाट जिल्ला भित्रिने क्रम जारी रहेकाले संक्रमण दर अझै फैलिन सक्ने भन्दै निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्