तपाईँ सुन्दै हुनुहुन्छः

लहानको बजेट रु दुई अर्बः आँप पार्क निर्माणमा जोड

लहान। सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित गरेको छ ।
नगर सभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख मुनी साहले कूल बजेटमध्ये चालुतर्फ रु ८२ करोड ३९ लाख ४० हजार र पुँजीगततर्फ रु एक अर्ब १२ करोड ४ लाख ७५ हजार ३५८ रहेको बताउनुभयो ।

उहाँले आन्तरिक श्रोततर्फ रु ६२ करोड ११ लाख ८१ हजार, नगद आयतर्फ रु ४० करोड, सामानीकरण अनुदानतर्फ रु २२ करोड ३१ लाख, सशर्त अनुदान चालुतर्फ रु ३४ करोड ५२ लाख, सशर्त अनुदान पुँजीगततर्फ रु २ करोड २ लाख, विशेष अनुदान पुँजीगततर्फ रु २ करोड ८३ लाख, समपूरक अनुदान पुँजीगततर्फ रु १ करोड १४ लाख र राजस्व बाँडफाँडतर्फ रु १३ करोड ९६ लाख गरी कूल रु एक अर्ब ९४ करोड ४४ लाख १५ हजार ३९८ बजेट पारित भएको जानकारी दिनुभयो ।

बजेटमा नगरपालिकाको मुख्य बजारलाई कलर सिटी बनाउन रु एक करोड, कृषकलाई विद्युत् महसुल निःशुल्क गर्न रु ७० लाख, सार्वजनिक ऐलानी जग्गा नियन्त्रण, संरक्षण तथा विकासका लागि रु एक करोड, ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि रु १० लाख, टोल विकास सुधार सञ्चालन परिचालनका लागि रु ३० लाख, उद्योग तथा कृषिमा आधारित युवा रोजगारका लागि रु २५ लाख र महिला उद्यम विकासका लागि रु १५ लाख विनियोजन भएको उहाँको बताउनुभयो ।

यसै गरी आँपको राजधानीका रुपमा चिनिएको लहानको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन ‘आँप पार्क’ निर्माण गर्ने नीति नगरपालिकाले लिएको छ । त्यस्तै ऐतिहासिक तथा धार्मिक पर्यटकीय पहिचान बोकेका सलहेश, राजदेवी, दिनाभद्री, ब्रहमान स्थान, देवीदहलगायत स्थानको संरक्षण, सम्वद्र्धन र विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले जानकारी दिनुभयो ।

यसै गरी सिरहाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु.४९ करोड ३३ लाख ६५ हजार बजेट पारित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button