तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिकाको बजेट ३७ करोड १८ लाख

जुम्ला ।जुम्लाको हिमा गाउँपालिकाले आगामी आव २०७८/८९ का लागि ३७ करोड १८ लाख २८ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । पालिकाको नवौँ गाउँसभाबाट कृषि शिक्षा,रोजगार,लक्षित वर्गको उत्थान,हिलोमुक्त वडा निर्माण तथा जेष्ठनागरिकको सुरक्षाका विषय बस्तुलाई प्राथमिकता दिँदै ३७ करोड बढीको बजेट ल्याएको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायाले बताउनुभयो ।

उहाँका अनुसार कुल अनुमानित बजेट मध्य पुजीगत तर्फ ९ करोड र सर्सत,निर्सत, विशेष अनुदान गरी चालु तर्फ २८ करोड विनियोजन गरिएको हो । नीति तथा कार्यक्रममा कृषि,शिक्षा, रोजगार पर्यटन लगायतका विभिन्न कार्यक्रमहरू कार्यान्वयनका लागि अनुमानित बजेट विनियोजन भएको छ ।उपाध्यक्ष रोकायाले भन्नुभयो,“अहिले ३७ करोडको डल्लो बजेट मात्रै सार्वजनिक गरेका हौ । शीर्षक अनुसारको ब्रेक डाउन हुन अझै बाँकी छ । प्राथमिकताका विषयवस्तुमा बजेट घटबढ हुने छ । भने, नीति कार्यक्रम तथा बजेट माथि गहन छलफल चलाइने भएको छ ।”

साथै हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर साहीले शिक्षा,कृषि,सामाजिक सुरक्षा तथा रोजगारका विषयलाई प्राथमिकता दिँदै आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।पलिका भित्रका स्वयम सेवक शिक्षकहरूलाई विद्यार्थीको चाप अनुसार दरबन्दी मिलान गर्ने, आवासीय विद्यालय सञ्चालनलाई निरन्तरता दिने,शिक्षा सिकाइमा जोड दिने,लक्षित वर्गको उत्थान गर्ने, रोजगारी सृजना गर्ने, महिला, बालबालिका ज्येष्ठ नागरिकको राहत कोष खडा गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष रज बहादुर साहीले बताउनुभयो ।

साथै, विशेष प्राथमिकताका साथ हिमाका केही वडालाई आगामी आव भित्र हिलोमुक्त वडा निर्माण गर्ने नीतिलाई अघि सारिएको छ । गाउँका सबै गोरेटा बाटाहरूलाई आरसिसी गरेर हिलो मुक्त बनाइने अध्यक्ष शाहिको प्रतिबद्धता छ ।व्यवसायीक कृषि गर्ने अनुदान,कोभिडले रोजगारी गुमाएकालाई रोजगारी,दुर्गम बस्तीमा सडक निर्माण गर्ने लगायतका नीति कार्यक्रमहरूलाई जोड दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button