तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारकाे बजेट बहुमतले पारित

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारकाे आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आजकाे बैठकले उक्त बजेट बहुमतले पारित गरेको हाे ।

बैठकमा सभामुख अर्जुन बहादुर थापाले बजेट निर्णयार्थ प्रस्तुत गर्दै प्रस्तावको पक्षमा हुन्छ भन्ने सङ्ख्या भन्दा हुन्न भन्ने सङ्ख्या न्यून रहेकाले बजेट बहुमतले पारित भएको घोषणा गर्नुभयो ।नेकपा माओवादी केन्द्र र नेकपा एमाले (माधव पक्ष) का प्रदेश सभा सदस्यहरु बजेटको पक्षमा देखिएका थिए भने नेपाली काँग्रेस, नेकपा एमाले र जसपाका प्रदेश सभा सदस्यहरूले बजेटमा असहमति जनाएका थिए ।

त्यसअघि बैठकमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले बजेटमा भएका त्रुटिलाई सच्चाएर अघि बढ्ने बत्ताउनुभयो । उहाँले बजेट वितरणमा विभेद नगरी सबै वर्ग, समुदाय, भूगोल, क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

मन्त्री शाहले असार १ गते प्रदेश सभा बैठकमा आगामी आर्थिक बर्ष २०७८/७९ का लागी ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button