विषालु च्याउ खाँदा पोखरामा ८ जना बिरामी
पोखरा । विषालु च्याउ खाँदा पोखरामा ८ जना बिरामी भएका छन् ।
शनिबार राति करिब ११ बजेको समयमा धारापानी सामुदायिक वनबाट नाम नखुलेको च्याउ लगेर खाएका पोखरा महानगरपालिका–३३ का एकै परिवारका ६ जनासहित ८ जना एकै पटक बिरामी भएको प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा–३३ पुँडीका ४५ वर्षीय गोठे पुन, उनकी श्रीमती ४० वर्षीया लीला, १३ वर्षीय छोरा पूर्ण र तीन छोरीहरू १०, ८ र ६ वर्षका विनीता, अस्मिता र मायासहित ६ जना बिरामी भएका हुन् भने सोही ठाउँका ५५ वर्षीय भीमबहादुर पुन र उनकी श्रीमती ५२ वर्षीय गौमाया पुन रहेको प्रहरीले जनाएको छ ।
गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्