तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य संस्थालाई उपकरण तथा सामाग्री सहयोग

बझाङ । बझाङका स्वास्थ्य संस्थाहरूको सेवालाई प्रभावकारी बनाउने तथा कोरोना न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य संस्थामा आवश्यक उपकरण तथा सामाग्री सहयोग गरिएको छ । 

युएमएन अन्तर्गत थलारा गाउँपालिका, केदारस्युँ, वित्थडचिर, थलारा, मष्टा गाउँपालिका र बुंगल नगरपालिका, जिल्ला अस्पताल सिमखेत र सुरक्षाकर्मीहरूलाई समेत स्वास्थ्य सामाग्री वितरण गरिएको छ । 


जसमा सबै गरी अक्सिजन ४ सेट १० लिटर, अक्सिजन ५ सेट ५ लिटर, पिइपिइसेट ५० वटा, पल्सअक्समिटर १०० पिस, नन्नरिबेथ्रमाक्स १०० थान अस्पतालका लागि फोल्डिङ बेड, डसना र घरमा आइसोलेसनमा बस्दा आवश्यक पर्ने सामाग्री लगायत १६ लाख ४९ हजार बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको युएमएनका बझाङ टिम लिडर ज्योति चपाइले बताउनुभयो । 


सामाग्री बुझ्दै जिल्ला अस्पतालका प्रमुख सन्दीप ओखेडाले दोस्रो चरणको कोरोना सामान्य बन्दै गए पनि तेस्रो चरणको कोरोना रोकथामका लागि उक्त सामाग्रीले थप मद्दत पुग्ने बताउनुभयो । 


उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले युएमएन लगायत साझेदारी संस्थाबाट यस अगाडि पनि ठुलो परिणाममा स्वास्थ्य सामाग्री वितरण गरेको र स्थानीय तहहरूले पनि पूर्व तयारीको कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 


केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले स्वास्थ्य संस्थाहरूमा भइरहेको सहयोगले सेवामा सुधार आएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button