तपाईँ सुन्दै हुनुहुन्छः

अधुरा काम पुरा गर्ने आयोग अध्यक्ष ज्ञवालीको प्रतिबद्धता

file photo

बीरगंज । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देवी ज्ञवालीले पर्सा लगायत सम्पूर्ण जिल्लामा विगतको सुकुम्वासी आयोगले अधुरा राखेका काम पुरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  


भूमिसम्बन्धी समस्या समाधान आयोग पर्साको आयोजनामा आज वीरगन्जमा सम्पन्न स्थानीय तहका प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले कार्तिक मसान्तभित्र जिल्लामा अधुरा रहेका लालपुर्जा वितरण गरिने बताउनुभयो । 


भूमिसम्बन्धी समस्या समाधान आयोग पर्साकी अध्यक्ष बिना शर्माको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा जिल्ला समन्वय समिति पर्साका संयोजक नेकमहमद अन्सारी, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजारा लगायतले भूमिसम्बन्धी समस्याको समाधानमा आयोगले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो । 


कार्यक्रममा वीरगञ्ज महानगरपालिकासहित पर्साका १४ वटा पालिकाका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला समन्वय अधिकारी छबीरमण भट्टराई, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू, भूमिसम्बन्धी काम गर्ने स्थानीय तहका फोकल पर्सन लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button