तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको बैठकद्वारा अध्यादेश पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ संशोधन गर्न बनेको अध्यादेश पारित गरेको छ । 


सभामुख अर्जुनबहादुर थापाले बैठकमा उक्त अध्यादेश प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । एमाले र माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरूले प्रस्तावमा समर्थन जनाउँदा (पक्षमा  उभिँदा) नेपाली काँग्रेस र जसपाका प्रदेश सभा सदस्य मौन बसेका थिए । 


अध्यादेश पारित नहुँदै आगामी आर्थिक बर्ष २०७८/७९ को बजेटमाथि छलफल अघि बढाइएको भन्दै बैठकमा काँग्रेस र जसपाले विरोध गरेपछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले गत शुक्रवार प्रदेश सभामा अध्यादेश स्वीकृतिका लागी प्रस्ताव पेस गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button