तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुलाई जापान तोचिगि क्षेत्रिय समितिको एक लाख सहयोग

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रिय समितिले १ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम सहयोग गरेको छ । 

सो रकम हेलम्बुको राहत तथा पुनः स्थापना कोषमा सुजन दुलाल र विमल बहादुर बिसीले जम्मा गर्नुभएको समितिका संयोजक मंदिप क्षेत्रीले जानकारी दिनुभयो । असार १ को बाढीले प्रभावित भएका हेलम्बु बासीलाई यस सहयोगले केही राहत हुने समितिको विश्वास रहेको छ । 

समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने चार सय भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button