रोल्पाको रुण्टीगढी गाउँपालिकाको बजेट ५७ करोड ९० लाख
रोल्पा । रोल्पाको रुण्टीगढी गाउँपालिकाले नवौँ गाउँ सभा मार्फत आर्थिक वर्ष २०७८/०७९ को लागि कृषि, पर्यटन र पूर्वाधार लगायतको कार्यक्रमसँगै शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रको विकासलाई मुख्य आधार बनाएर नीति तथा कार्यक्रम अगाडि सार्दै ५७ करोड ९० लाख बराबरको बजेट ल्याएको छ ।
कृषिमा पालिकालाई आत्मनिर्भर बनाउनका लागि कृषकलाई कृषि अनुदान, सस्तोमा ऋण, कृषि उत्पादन तथा बाली बिमा, किसानलाई प्राविधिक सेवा दिने, गाउँपालिका भित्र बाँझो जग्गालाई खनजोत गरेर उत्पादन र उत्पादकत्वमा जोड दिँदै पर्यटन क्षेत्रको संरक्षण, व्यवस्थापन संवर्द्धन गर्ने, कला, संस्कार, संस्कृतिलाई संरक्षण गर्दै जनाएको छ ।
प्रवर्द्धनको लागि मेला महोत्सव आयोजना गर्ने, एक वडा एक उत्पादनमा जोड दिँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, बिजुली, सञ्चारको साथै सामाजिक सुरक्षा भत्ता, वन संरक्षण तथा व्यवस्थापन, लगायतको विकास तथा लक्षित वर्गलाई आय आर्जनमूलक क्षेत्रमा समावेश गर्नको गरी नीति तथा कार्यक्रममा प्रस्तुत ल्याइएको छ ।








प्रतिक्रिया राख्नुहोस्