तपाईँ सुन्दै हुनुहुन्छः

त्रिवेणी गाउँपालिकामा उन्नत जातका भैँसी वितरण

This image has an empty alt attribute; its file name is vaisi-1024x625.jpg

सल्यान । एक स्थानीय तह, एक पशु सेवा उत्पादन कार्यक्रम अन्तरगत सल्यानको गाउँपालिकामा उन्नत जातका भैँसी वितरण गरिएको छ ।

त्रिवेणी गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा त्रिवेणी गाई भैँसी पकेट समिति वडा न १, २ र ६ लाई ४७ वटा उन्नत भैँसी हस्तान्तरण गरिएको हो ।

दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी हस्तान्तरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनुभयो ।

पशु शाखामा सूचिकृत भएका तथा विगतदेखि पशुपालनमा लागेका व्यावसायिक समूहलाई भैँसी प्रदान गरिएको उहाँको भनाई छ ।

किसानलाई करिब २३ लाख ५० हजार बराबरका भैँसी वितरण गरिएको उहाँले बताउनुभयो

२३ लाखको कार्यक्रम भित्र भकारो सुधार, उन्नत जातको घाँस समेत वितरण गरिएको छ ।

परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन उन्नत जातका भैँसी पालन थालेको त्रिवेणी गाई भैँसी पकेट समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले बताउनुभयो ।

बजारमा दूधको माग बढ्दै गएकाले भैसीपालनलाई व्यवस्थित बनाउन थालेको उहाँको भनाई छ ।

व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आय स्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैँसी वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन र किसानको आय स्तरमा वृद्धि गर्ने उद्देश्य सहित उन्नत जातका भैँसी वितरण गरिएको उहाँको भनाई छ ।

किसानलाई पशुपालनमा आकर्षित गर्न गाउँपालिकाले कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालन गरी रहेको उहाँले बताउनुभयो ।

पशु सेवा शाखा प्रमुख रावतलका अनुसार वार्षिक जिउँदो ५ वटा खसी बोका , मासिक २ सय लिटर दूध बिक्री गर्ने र मासिक २ हजार अण्डा उत्पादन गर्ने किसानलाई ५० हजारसम्म अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button