बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत डुंगेश्वर गाउँपालिका ६ दैलेखका ७८ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका १७ दाङकी ६३ बर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
योसँगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ५८ जना र बाँकेका ३ सय१० जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्