तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अत्तरिया कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा से२प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका १७ धुर्जनाका करिब २८ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

चौधरी सवार मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो ।

गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button