झापाको गौरादहमा पानीमा डुबेर बालकको मृत्यु
झापा । झापाको गौरादह नगरपालिका–४ मैदानघुपाका गोपाल भट्टराईको दुई वर्षीय छोरा संयोग भट्टराईको पानीमा डुबेर मृत्यु भएको छ ।
घर अगाडी पानीमा खेल्ने क्रममा अचानक डुबेर घाइते भई उपचारको लागि गौरादहस्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्