मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ

भक्तपुर । भक्तपुरमा सवारी साधन चोरी गर्ने चार जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूले भक्तपुर नगरपालिका वडा नं। १० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बि।क।को डेराबाट भे ७ प ४४१३ नं। को मोटरसाइकल चोरी गरेका थिए ।
पक्राउ पर्नेमा धादिङ थाक्रे ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं। ८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तामाङ ,भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ को वैद्य भन्ने विजय ह्याङ्जु , दोलखा सैलुङ २ स्थायी घर भई हाल सुर्यविनायक सुन्दर बस्ती बस्ने वर्ष २९ को दिनेश तामाङ वाइबा र भक्तपुर नगरपालिका वडा नं। ८ लिवाली घर भएका वर्ष २० साइन भन्ने रमेश कोजु रहेका छन् ।
प्रहरीले चोरीको स्कुटर खरिद गर्ने दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं। ४ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नं। १० पलाँसे बस्ने वर्ष २३ को अविनाश तामाङ र दाङ लमही स्थायी घर भई हाल सुर्यविनायक नगरपालिका १० पलाँसे बस्ने वर्ष २२ को आकाश मगर रहेका छन् ।
बि.क.ले डेराबाट गत जेठ ३० गते भे ७ प ४४१३ नं. को मोटरसाइकल हराएको भनी महानगरीय प्रहरी वृत्त जगातीमा निवेदन दिएका थिए ।
खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएका प्रहरी टोलीले मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको अवस्थामा लिवालीबाट मोटरसाइकल चोरी गर्ने चार जनालाई चोरी भएको भे ७ प ४४१३ ९परिवर्तित नम्बर बा ७१ प ४७०३० को मोटरसाइकल सहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले बताउनुभयो ।
अनुसन्धान गर्दा कीर्तिपुर नपा १५ बस्ने रवीन्द्र नेपालको बा ३६ प १५८८ नम्बरको स्कुटर समेत चोरी गरी बेचेको भनी समेत खुल्न आएको हुँदा चोरीको स्कुटर खरिद गर्ने २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्