तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ्ग पर्दा पर्सा र रौतहटमा २ जनाको मृत्यु

बीरगंज । पर्सा र रौतहटमा चट्याङ लागेर आज २ जनाको मृत्यु भएको छ ।  


आज बिहान साढे ७ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ्ग पर्दा पर्साको जीराभवानी गाउँपालिका वडा नं ३ जितपुर टोल निवासी  ६५ वर्षीय राजेश्वर साह तेलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।


मृतकको शव पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको खनालले जानकारी दिनुभयो । 


त्यसैगरी रौतहटको परोहा नगरपालिका वडा नम्बर २ जिंगडवा वेलबिछुवा निवासी ३५ वर्षीय शेख जमसैदको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । 


बिहान ७ बजे पानी सहित परेको चट्याङ्गले घर बाहिर रहेका जमसैद गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी विक्रम शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button