भन्सार छली गरी ल्याइएको ३ लाख मूल्य बराबरको कपडा बरामद
सप्तरी । भन्सार छली गरी भारतबाट ल्याइएको कपडा सप्तरी प्रहरीले बरामद गरेको छ ।
बोदे बरसाईन नगरपालिका–६ स्थित पृतमपुरबाट गए रातिबिओपी स्वर्णपट्टिबाट प्रहरी निरीक्षक उत्सव बिष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब ३ लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।
भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर लत्ताकपडा फालेर उनीहरू भागेका थिए ।
बरामद गरिएको सो लत्ताकपडा आवश्यक कार्यवाहीको लागी तिलाठी भन्सारमा बुझाइएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्