तपाईँ सुन्दै हुनुहुन्छः

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

जाजरकोट।ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।

स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुभएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिनुभयो । 

शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उहाँले बताउनुभयो । सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button