फिफा वरियतामा नेपालको एक स्थान सुधार
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
फिफाले शुक्रवार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १०० औँ स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १ सय १ औँ स्थानमा रहेको थियो ।
एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५७ औँ स्थानमा रहेको छ ।
विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो र स्विडेन पाँचौँ स्थानमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्